होमपेज » आर्थिक » सर्वसाधारणका लागि स्नो रिभर्स लिमिटेडको आईपीओ वैशाख २९ देखि खुल्ने

सर्वसाधारणका लागि स्नो रिभर्स लिमिटेडको आईपीओ वैशाख २९ देखि खुल्ने

सोमबार, १४ बैशाख २०८३, १३:१८

काठमाडौं । स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने मिति तय गरेको छ। कम्पनीले आगामी वैशाख २९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गर्ने भएको हो।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ। उक्त चरण सम्पन्न भएसँगै अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि सेयर जारी गर्न लागिएको हो।

कम्पनीको जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ। सो पूँजीको २० प्रतिशत बराबर १८ करोड ७५ लाख रुपैयाँ मूल्यका १८ लाख ७५ हजार कित्ता सेयर निष्काशनका लागि अनुमति प्राप्त भएको थियो। जसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जुन बाँडफाँड भइसकेको छ।

त्यस्तै, ४६ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १८ हजार ७५० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएर वितरण गरिसकिएको छ। अब कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ। यस सेयरको कुल मूल्य ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबर हुनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा छिटोमा जेठ १ गतेसम्म र ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङअनुसार ICRA Nepal ले कम्पनीलाई ‘डबल बी प्लस (BB+)’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा Sanima Capital Limited रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखाबाट ‘सी–आस्बा’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।