होमपेज » समाचार » नवलपुरको मकैबारीमा भाले गैँडा मृत फेला

नवलपुरको मकैबारीमा भाले गैँडा मृत फेला

शुक्रबार, १ जेष्ठ २०८३, १३:५१

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । Kawasoti नगरपालिका–१ लोकहा स्याउलीस्थित एक मकैबारीमा भाले गैँडा मृत अवस्थामा फेला परेको छ। स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा शुक्रबार बिहान गैँडा मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय नवलपुरले जनाएको छ।

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार मृत गैँडा वयस्क भाले हो। गैँडाको खाग र खुर सुरक्षित अवस्थामा रहेको जनाइएको छ।

गैँडाको शरीरमा कुनै चोटपटक नदेखिएकाले मृत्युको कारण तत्काल खुल्न नसकेको अधिकारीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ। रासस