होमपेज » आर्थिक » चितवनमा ८६ वटा एम्बुलेन्स मात्रै अद्यावधिक

चितवनमा ८६ वटा एम्बुलेन्स मात्रै अद्यावधिक

बुधबार, ६ जेष्ठ २०८३, ११:१२

चितवन,  । चितवन जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्समध्ये ८६ वटाले मात्रै अद्यावधिक प्रक्रिया पूरा गरेका छन् । जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र एम्बुलेन्स अद्यावधिक गर्न निर्देशन दिएको थियो ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेका अनुसार सूचना जारी भएपछि ८६ वटा एम्बुलेन्स अद्यावधिक भएका हुन् । अद्यावधिक गरिएकामध्ये दुईवटा शववाहनसमेत रहेका छन् ।

कार्यालयका अनुसार जिल्लामा कुल ९३ वटा एम्बुलेन्स दर्ता रहेका छन् । ती सबैलाई अद्यावधिक गर्न आग्रह गरिएको थियो । अद्यावधिक भएका एम्बुलेन्सहरू ‘ख’ र ‘ग’ वर्गका रहेका छन् । प्रमुख घिमिरेले हाल जिल्लामा ‘क’ वर्गका एम्बुलेन्स सञ्चालनमा नरहेको जानकारी दिए । रासस