गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी सैन्य समूह हमासबीच युद्धविराम लागु भएको छ । आज बिहानदेखि युद्धविराम कार्यान्वयन भएसँगै ११ दिनदेखिको बमबारी तत्कालका लागि रोकिएको छ ।
यस बमबारीका क्रममा २ सय ४० जनाभन्दा धेरै व्यक्ति मारिएका थिए । जसमा अधिकांश गाजा क्षेत्रका थिए । मारिनेमध्ये ठूलो संख्यामा सर्वसाधारण, बालबालिका र महिला थिए ।
युद्धविरामपछि इजरायल र प्यालेस्टाइन दुबैले आफ्नो जीत भएको दाबी गरेका छन् । वार्ताका लागि यस युद्धविरामले उत्कृष्ट अवसर सिर्जना गरेको टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका छन् ।
यसअघि बिहीबार इजरायलले उत्तरी गाजाका पूर्वाधारहरुमा एक सयभन्दा धेरैपटक हवाई हमला गरेको थियो भने हमासले पनि रकेटमार्फत प्रत्याक्रमण गरेको थियो ।
मुस्लिक र हिन्दु दुबैले पवित्रस्थल मान्ने पूर्वी जेरुसलेममा (जो इजरायलको नियन्त्रणमा छ) हप्तौंसम्म इजरायली र प्यालेस्टाइनीबीच विवाद चर्किएपछि १० मेदेखि गाजामा हमास र इजरायलको द्वन्द्व सुरु भएको थियो ।
यी कारणले चर्किएको थियो विवाद
इजरायल–प्यालेस्टाइन बीचको विवादको शृंखला लामो छ । तर, पछिल्लो विवादको कारण पूर्वी जेरुसलेम नजिकको शेख जर्राहमा प्यालेस्टाइन परिवारमाथि गरिएको अन्याय बन्यो, यहाँबाट प्यालेस्टाइनी परिवारलाई जर्बजस्ती हटाउन थालिएपछि मुस्लिमहरुमा आक्रोश बढेको थियो, यी जनताले १९७२ देखि विभिन्न संस्थाहरुद्वारा हालिएका मुद्दाहरु सामना गरिरहेका छन् ।
प्यालेस्टाइनी परिवार बसेको जमिन वास्तविक रुपमा यहुदीको स्वात्मिवमा रहेको ती संस्थाको दाबी छ । तर जेरुसलेमबाट प्यालेस्टाइनी हटाउने र यसलाई यहुदी बहुसंख्यक यहुदीहरुको शहरका रुपमा परिचित गराउने आधिकारीक इजरायली नीतिको बिस्तारित स्वरुपका रुपमा प्यालेस्टाइनीहरुले यस कदमलाई हेरेका छन् ।
योजनाबद्ध बिस्थापनले ‘युद्ध अपराध’ निम्त्याउनसक्ने चेतावनी पनि संयुक्त राष्ट्रसंघले दिइसकेको छ । यहीकारण अप्रिलको अन्त्यदेखि प्यालेस्टाइनी जनता र इजरायली पुलिस बीचको द्वन्द्व निरन्तर बढेको थियो । अक्टुबर २०२० मा इजरायली अदालतले चारवटा प्यालेस्टाइनी परिवारले आफ्नो घर खाली गर्नुपर्ने आदेश सुनाएको थियो, उनीहरुलाई घर छाड्नका लागि २ मेसम्मको समयसीमा तोकिएको थियो । तर अदालतले यो समयसीमा त्यसयता दुईपटक थपिसकेको छ ।
अप्रिलको अन्तिम शुक्रबार ईस्लामको तेस्रो ठूलो पवित्रस्थल अल अक्सा मस्जिद परिसरमा रमादानको प्रार्थना गर्नका लागि उपस्थित भएका दशौं हजारले विरोध प्रदर्शन गरेका थिए । प्यालेस्टाइनी परिवारलाई जर्बजस्ती निकालिएको विरोधमा यो प्रदर्शन भएको थियो । प्रहरीले रकर बुलेट र स्टन ग्रिनेडहरु प्रदर्शनकारीमाथि प्रहार ग¥यो र त्यसको विरोधमा उनीहरुले डुंगा हाने । यस घटनामा २ सय ५ जना प्यालेस्टाइनी र १७ जना इजरायली अधिकारीहरु घाइते भएका थिए ।
यस घटनाको तीन दिनपछि इजरायली सुरक्षा फौजले अल अक्सा कम्पाउन्डमा दंगा मच्चायो, प्रार्थनामा सहभागी भएकामाथि फेरि रबर बुलेट, टियर ग्याँस र स्टन बम हानियो । अन्तर्राष्ट्रिय स्तरमै निन्दा भएको यस घटनामा ३ सयभन्दा धेरै प्यालेस्टाइनी घाइते भए ।
२० भन्दा धेरै इजरायली अधिकारी पनि घाइते भए । त्यही दिन हमासले ईजरायललाई अल अक्सला परिसर र सेख जर्रा वरपरबाट साँझ ६ बजेसम्म आफ्ना सुरक्षाकर्मी हटाउन अल्टिमेटम दियो । अल्टिमेटम पूरा नभएपछि हमासले रकेट प्रहार र इजरायलले हवाई आक्रमण गरे । जसको मारमा ठूलो संख्यामा सर्वसाधारण परेका छन् ।
बीबीसीबाट










