होमपेज » देश » मधेश » कोरोनाविरुद्ध सरकारको तैयारी तिव्र

कोरोनाविरुद्ध सरकारको तैयारी तिव्र

बुधबार, १८ चैत्र २०७७, २१:५८

प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रण तथा उपचारको लागि युद्धस्तरमा तैयारी थालेको छ ।

महामारीका कारण नेपाल सरकारले जारी गरेको लकडाउन सफल बनाउन गरिब तथा दैनिक ज्यालाका मजदूरलाई स्थानीयतहमार्फत राहत उपलब्ध गराइरहेको प्रदेश सरकार महामारी नियन्त्रणका लागि दोस्रो चरणमा प्रवेश गरेको छ ।

महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा गठित कोरोना महामारी नियन्त्रण निर्देशक समितिको आज सम्पन्न बैठकले प्रदेशमा नमूना क्वारेन्टाइनको व्यवस्थापन, आइसियुको निर्माण गर्ने निर्णय गरेको । त्यस्तै धनुषाको लालगढस्थित चर्मरोग अस्पताललाई इन्टेन्सिभ केयर युनिट निर्माणको लागि अध्ययन गर्न विज्ञ टोलीलाई जिम्मा दिनुका साथै मुजेलियामा सुविधा सम्पन्न क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।

साथै, बैठकले महामारीसँग लडन आठवटै जिल्लामा एक-एक वटा एम्बुलेन्स र शवबाहनको व्यवस्थापन गर्न कार्यकारी समिति र समाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको मुख्यमन्त्री राउतले बताए । बैठकले प्रदेशमा चिकित्सक तथा नर्सको अभाव देखिए स्वयंसेवकको रुपमा चिकित्सक र नर्स भर्ना गर्नको लागि आवश्यक तयारीमा जुट्नसमेत समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।