होमपेज » शेयर बजार » स्वरोजगार लघुवित्तले शेयरधनीहरुलाई लाभांश घोषणा

स्वरोजगार लघुवित्तले शेयरधनीहरुलाई लाभांश घोषणा

बुधबार, २३ भाद्र २०७८, १२:१८

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

 

कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई प्रतिशेयर २५ प्रतिशत अर्थात १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले जनकपुर लघुवित्त एकिकृत कारोबार समेत शुरुवात गरेको हुँदा घोषित लाभांशमा लाग्ने करको व्यवस्था नगरेको बताएको छ ।

 

हाल लघुवित्तको चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँ छ । २५ प्रतिशतका दरले १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ५१ करोड ४० लाख ९९ हजार १२१ रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ ।