होमपेज » खेलकुद » आर्मीलाई हराउँदै पुलिस तेस्रो

आर्मीलाई हराउँदै पुलिस तेस्रो

मंगलवार, २४ माघ २०७९, १५:४५

काठमाडौँ। शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

 

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो

 

पुलिसले आर्मीलाई २५–२१, २५–२१ र २५–१९ ले हरायो । तेस्रो स्थान हासिल गरेको पुलिसले रु ७५ हजार पुरस्कार पायो ।

 

प्रतियोगिताको उपाधिका लागि साबिक विजेता नेपाल एपिएफ क्लब र न्यू डायमन्ड युथ स्पोटर्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेता टोलीले रू तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार पुरस्कार पाउनेछन् ।