होमपेज » स्वास्थ्य-जीवनशैली » दोलखाको बिगुमा सकोसको निःशुल्क स्वास्थ्य शिविर

दोलखाको बिगुमा सकोसको निःशुल्क स्वास्थ्य शिविर

बिहीबार, १९ चैत्र २०७७, ००:०४

दोलखाको बिगु गाउँपालिका-८ स्थित थामीचागुमा मिलीजुली कालिञ्चोक सकोसले सेवा केन्द्र स्थापना गरेको छ । विदेशबाट पठाएको रकम लिन नागरिकलाई सजिलो बनाउने उद्देश्ले सो सेवा केन्द्र स्थापना गरिएको संस्थाले जनाएकोे छ ।

जिल्लाको विपन्न बस्तीमा सकोसले स्त्री रोग परीक्षण शिविरसमेत समेत राखेको छ । चरिकोट अस्पतालका महिला रोग विशेषज्ञ चिकित्सक चन्दु सापकोटा सहितका टोलीले शिविरमा ६० महिलाको स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरेको छ ।

बिगु गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीले सहाकारीले विपन्न नागरिकको स्वास्थ्य सेवाका उदाहरणीय काम गरेको बताए ।