होमपेज » आर्थिक » प्रभु इन्स्योरेन्सको ६ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

प्रभु इन्स्योरेन्सको ६ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

बुधबार, ११ चैत्र २०८२, १३:२९

काठमाडौं । प्रभु इन्स्योरेन्सले ६ लाख ८० हजार कित्ता संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर हालका लागि संस्थापक शेयरधनीहरूलाई मात्र खरिदका लागि आवेदन दिन सकिने जनाएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको म्यादभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन्।

कम्पनीका अनुसार शेयर खरिदका लागि आवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ। आवेदन काठमाडौंको तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बुझाउन सकिने व्यवस्था गरिएको छ।

निर्धारित अवधिभित्र संस्थापक शेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेको अवस्थामा भने उक्त शेयर सर्वसाधारण व्यक्ति तथा संस्थाका लागि समेत खुला गरिने कम्पनीले जनाएको छ।