काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत १२ गते सुनको भाउ प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको हो।
यस गिरावटसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला १ सय रुपैयाँले घट्दै ४ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९ सय २० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभावस्वरूप नेपाली बजारमा पनि सुनचाँदीको भाउमा दैनिक परिवर्तन भइरहेको व्यवसायीहरूले बताएका छन्।










