होमपेज » समाचार » आशा लघुवित्तको प्रतिशेयर आम्दानी ५३ रुपैयाँ पुग्यो

आशा लघुवित्तको प्रतिशेयर आम्दानी ५३ रुपैयाँ पुग्यो

मंगलवार, २१ बैशाख २०७८, ११:३१

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा १० करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ जुन २६७ प्रतिशतले धेरै हो ।

लघुवित्तको खुद ब्याज आम्दानी ७८ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी ५५ प्रतिशतले बढेको छ जसले गर्दा लघुवित्तको नाफा बढ्न टेवा पुगेको देखिन्छ ।

समीक्षा अवधिमा १५ प्रतिशतले पूँजी बढाएको लघुवित्तको प्रतिशेयर आम्दानी पनि १६ रुपैयाँबाट बढेर ५३ रुपैयाँ पुगेको छ । उसको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ रहेको छ ।
लघुवित्तको निक्षेप र कर्जा लगानी क्रमशः ६३ प्रतिशत र ६० प्रतिशतले बढेको छ भने खराब कर्जा पनि घटेको छ ।