काठमाडौँ । असार ९ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शेरबहादुर देउवाको विषयलाई लिएर बहस भैरहेको छ । सो बहसमा भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उठाएका प्रश्नहरूको विश्लेषण हेदा देउवाको पक्षमा देखिन्छ ।
कांग्रेस सभापति देउवालाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनाउनका लागि परमादेश जारी हुन सक्ने अनुमान गर्न सकिन्छ । कमसेकम संसद् पुनस्र्थापना हुने पक्काजस्तै देखिएको देखिएको छ ।
देउवाको पक्षमा बहुमत रहेको हुनाले उनलाई प्रधानमन्त्री बनाउनका लागि परमादेश जारी गरी पाउँ भन्ने माग गर्दै १४६ जना सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि असार ९ यता बहस जारी छ ।










