काठमाडौँ। ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।
साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकको निर्यणले रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा भोलि १ गतेदेखि लागू हुनेगरी बढुवा गरेका हुन् ।
करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ साल बैशाखबाट नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।










