होमपेज » हेडलाइन » पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वदेश फिर्ता

पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वदेश फिर्ता

सोमबार, १४ भाद्र २०७८, १८:१०

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भारतको एपोलो अस्पतालमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । स्वदेश फर्किएका नेता खनाल साढे २ महिनाअघि गत असार २ गते भारत गएका थिए ।

 

भारतमा खनालले मिर्गौला ट्रान्सप्लान्ट गरेका थिए । स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा खनालले आफ्नो स्वास्थ्य उपचारमा सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गरेका थिए । खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुले स्वागत गरेका थिए ।