काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६० लाख कित्ता आईपीओ सहित २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम १०३ रुपैयाँ १७ पैसा देखि ३०९ रुपैयाँ ५१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार बिहीबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबार खुल्नेछ ।
कम्पनीले साउन २० गते देखि २४ गतेसम्म सर्वसाधारणमा कुल ६० लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारीलाई ३ लाख र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएर बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।










