होमपेज » हेडलाइन » एयर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द

एयर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द

बिहीबार, २९ जेष्ठ २०८२, १६:४७

काठमडौं । एयर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । विमानस्थलका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहमदाबादबाट लन्डन, गेटविकका लागि उडान नम्बर एआई १७१ आज उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भयो ।

 

फलस्वरूप, सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल हाल बन्द छ । अर्को सूचना नभएसम्म सबै उडानहरू निलम्बित रहनेछन् ।’

 

‘यात्रुहरूले विमानस्थलमा आइपुग्नुअघि आफ्नो एयरलाइन्ससँग पछिल्लो जानकारीको लागि जाँच गर्नु होला । हामी तपाईंको सहयोग र धैर्यताको लागि अनुरोध गर्दछौं । थप जानकारी उपलब्ध हुने बित्तिकै तपाईंलाई प्रदान गरिनेछ,’ प्रवक्ताले भनेका छन् ।

 

 

यता, एयर इन्डियाले अहमदाबादमा दुर्घटनाग्रस्त भएको आफ्नो विमानमा सवार यात्रुहरूको बारेमा जानकारी दिएको छ । २४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १ः ३८ बजे अहमदाबादबाट उडेको थियो ।