काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा चितवन क्लस्टरअन्तर्गतका शाखाहरूबाट प्रभातफेरी कार्यक्रम आयोजना गर्दै अभियानको सुरुवात गरेको छ।
विश्वव्यापी रूपमा मनाइने यस सप्ताहअन्तर्गत फाइनान्सले आफ्ना सबै शाखामार्फत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। ‘स्मार्ट मनी टक’ भन्ने मूल नारालाई केन्द्रमा राख्दै युवापुस्ता, विद्यार्थी तथा विभिन्न संघ–संस्थालाई लक्षित गरी वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ विद्यालय तथा कलेजहरूमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।
फाइनान्सका अनुसार यस अभियानले बचत, लगानी, ऋण व्यवस्थापन तथा जिम्मेवार वित्तीय व्यवहारबारे जानकारी प्रवाह गरी वित्तीय सचेतना बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
हाल मन्जुश्री फाइनान्सले करिब २४ अर्ब रुपैयाँ निक्षेप संकलन तथा २०.६ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दै आएको छ। संस्थाले देशभर रहेका २८ शाखा कार्यालय तथा एक विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै करिब १ लाख ८७ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।










