काठमाडौं, । नेपाली बजारमा आज बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुनको भाउ तोलामा उल्लेखनीय रूपमा घटेको हो
आज सुनको मूल्य प्रतितोला रु ३ हजार ३ सयले घटेर रु २ लाख ९२ हजार कायम भएको छ । हिजो सुन प्रतितोला रु २ लाख ९५ हजार ३ सयमा कारोबार भएको थियो
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा रु १२५ ले घटेर रु ४ हजार ९ सय ६० मा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा रु ५ हजार ८५ रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजार र स्थानीय माग–आपूर्तिको अवस्थाअनुसार सुन–चाँदीको मूल्यमा दैनिक उतारचढाव हुँदै आएको छ ।










