होमपेज » आर्थिक » एनआरएन इन्फ्रास्ट्रक्चरको बोनस शेयर नेप्सेमा सूचीकृत, बोनस शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ

एनआरएन इन्फ्रास्ट्रक्चरको बोनस शेयर नेप्सेमा सूचीकृत, बोनस शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ

मंगलवार, २१ बैशाख २०७८, १३:५६

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । आज कम्पनीको ३ लाख २२ हजार ८१४ कित्ता बोन शेयर नेप्सेमा सूचीकृत भएको हो ।

 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २.८५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत बोनस शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।