होमपेज » समाचार » अख्तियारका प्रहरी निरीक्षकको धाक, मुसहर्वा मटिअर्वा घुमुवाको असुलि

अख्तियारका प्रहरी निरीक्षकको धाक, मुसहर्वा मटिअर्वा घुमुवाको असुलि

मंगलवार, २५ जेष्ठ २०७८, १३:१२

बारा । बाराको सिमानाकामा रहेको प्रहरी चौकिमा दाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा प्रहरी निरीक्षक राजु पट्टेल भएको भन्दै असुलि गर्नमा ब्यस्त रहेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासमा प्रहरी निरीक्षक राजु पट्टेल दाई कार्यरत हो भनि धाक लगाउदै मटिअर्वा प्रहरी चौकिका घुमुवा प्रहरी जवानले रँजित पटेल र मुसहर्वा चौकिको घुमुवा प्रहरी हवल्दार राजेश कुर्मी तस्करहरुसँग असुलि गर्न तत्तपर रहेको छ ।

 

मटिअर्वा चौकिमा रहेको घुमुवा पटेल अहिलेको निषेध आदेशको बिचमा पनि तस्करहरुसँग लाईन मिलाउनमा ब्यस्त रहेका छन। भने दाई प्रहरी निरीक्षकको धाक लगाउदै प्रहरी चौकिलाई नै आफ्नो ईसारामा नचाईरहेको चौकि श्रोतले जनाएको छ ।

 

मटिअर्वा नाकाबाट सुर्ति र कपडाको काम गर्ने उपेन्द्र, कपडाको काम गर्ने बिनोद र मोतिलाल, सुर्तिको काम गर्ने रामअयोध्या र सुधिर, र सबै समानको तस्करी गर्ने केसरी ग्रुपहरुलाई लाईन मिलाई तस्करी गराईरहेको जानकारी समेत चौकि श्रोतबाट प्राप्त भएको छ । त्यस्तै मुसहर्वा चौकिमा रहेको घुमुवा हवल्दार कुर्मी पनि तस्करहरु साँठगाँठ जमाउन सफल भएका छन् ।

 

सिमानाका बन्द रहेको बेला मटिअर्वा नाकाबाट दिनहु तिन सय को हराहरीमा मान्छेको आवत जावत भईरहेको छ । मटिअर्वा नाकामा रहेको बिओपि मुख दर्शक बनेका छन। त्यस्तै मदिरा पसल पनि प्रहरी कै संरक्षणमा संचालन भईरहेको छ ।