होमपेज » आर्थिक » अर्थ » फाइनान्स र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढ्दै

फाइनान्स र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढ्दै

बुधबार, ११ श्रावण २०७९, १६:२७

काठमाडौं । बुधबार नेप्से सूचक बढेर २१०० माथि पुगेको छ । बजारमा अन्तिम समयमा खरिद चाप बढ्दा नेप्से सूचक दाहोरो अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा पुगेको छ भने ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको ७५ लाख ८ हजार १८८ कित्ता शेयर कारोबार भएको छ ।

 

फाइनान्स र हाइड्रोपावर कम्पनीहरुमा नै लगनीकर्ताको बढी आकर्षण देखिन्छ । विकास बैंक, माइक्रोफाइनान्स र अन्य उपसमूहका कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण केही बढेको देखिन्छ । बुधबार जानकी फाइनान्स, युनाइटेड मोदि र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने नेश्डो लघुवित्तको ९.९७ प्रतिशत र जाल्पा सामुदायीक लघुवित्तको ९.८४ प्रतिशतले बढेको छ ।

 

यस दिन उच्च दरमा शेयरमूल्य घट्नेमा धेरै म्युचुअल फण्ड रहेका छन्। भरखरै दोस्रो बजारमा कारोबार सुरु भएको कुमारी धनबृद्धि योजनाको इकाइमूल्य १० प्रतिशतले घटेको छ भने नविल ब्यालेन्स फण्ड ३ को पनि ३.२३ प्रतिशतले घटेको छ ।

 

बुधबार पनि शिवम सिमेन्टको सबैभन्दा धेरै १७ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण कावेली हाइड्रोपावरको १२ करोड ३५ लाख, गोर्खाज फाइनान्सको ८ करोड ९२ लाख र नेश्डो लघुवित्तको ८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।