होमपेज » आर्थिक » बैंक/वित्त » अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

बिहीबार, १२ श्रावण २०७९, १६:०२

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले पूँजी बृद्धिको लागि हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।

हाइड्रोपावर कम्पनीले भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा बोलाएको छ । सोहि सभामा कम्पनीले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव पेश गर्ने छ ।

कम्पनीले शेयरधनीहरुलाई लाभांश भने वितरण नगर्ने भएको छ । सभामा सर्वसाधारण र संस्थापक शेयरधनीको तर्फबाट ५ जना सञ्चालकको निर्वाचन वा नियुक्त गर्ने प्रस्ताव समेत सभामा लैजादै छ ।