होमपेज » आर्थिक » अर्थ » नेप्से परिसूचक १५ अंकले बढ्यो

नेप्से परिसूचक १५ अंकले बढ्यो

बिहीबार, १२ श्रावण २०७९, १६:०७

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.४९ अंकले बढेको छ । कारोबार समयदेखि बढ्न थाले पनि अन्तिम समयमा घट्ने प्रयास गरेको नेप्से बन्द हुँदासम्म दोहोरो अंकले बढेको हो । यसक्रममा ४ अर्ब ९७ रुपैयाँ बराबरको कारोबार भएर १ करोड १९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजार बढेपनि तीनवटा समूहमा भने गिरावट आएको छ । निर्जीवन बीमा समूह, उत्पादनमूलक र अन्य समूहमा गिरावट आएको हो । मंगलबार नेप्से परिसूचक २३ अंकले बढेको थियो । यस्तै, ३ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

उत्पादनमूलक समूह २४ अंकले घट्दा अन्य समूह ३ अंकले र निर्जीवन बीमा समूह ०.५५ अंकले घटेको छ । यीबाहेक अन्य समूहमा भने सुधार आएको छ । विकास बैंक समूह ८५ अंकले बढ्दा होटल, लघुवित्त समूह ७० अंकले र टुरिजम समूह ६४ अंकले बढेको छ । यसैगरी, जलविद्युत समूह २९ अंकले बढेको छ भने जीवन बीमा समूह १५ अंकले बढेको छ ।