होमपेज » शेयर बजार » प्राइम लाइफको नाफा घट्यो

प्राइम लाइफको नाफा घट्यो

मंगलवार, ३१ श्रावण २०७९, १६:२४

प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १५.७९ प्रतिशतले धेरै हो ।

 

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ३ अर्ब ९८ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १६ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

 

यस अवधिमा कम्पनीको खुद नाफा भने २८.६१ प्रतिशतले घटेर २२ करोड ८८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ३० करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

चुक्ता पूँजी २ अर्ब ७७ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५३ करोड २९ लाख रुपैयाँ, बीमा कोषमा १८ अर्ब ५५ करोड ९२ लाख रुपैयाँ र महावित्ती कोषमा १७ करोड ९८ लाख रुपैयाँ सञ्चित छ ।