काठमाडौं । तामाङ समाज अमेरिकाद्वारा २८५९ औं ल्होछार कार्यक्रम सम्पन्न गरेको छ । समाजले उक्त कार्यक्रममा सहभागिता जनाएर कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रमुख अतिथि नेपाली महावाणिज्यदूतवासका वाणिज्यदूत गणेश प्रसाद अधिकारी, विशेष अतिथि नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता भोजराज थोकर, तामाङ समाज अमेरिकाका संरक्षक लुईसाङ वाईवा, विभिन्न संघ–संस्थाका प्रमुखहरु तथा प्रतिनिधिहरुप्रति आभार प्रकट गरेको छ ।

साथै समाजले संचारकर्मी, कलाकार, सेलेब्रेटी, तामाङ समाज अमेरिकाका कार्यसमितिका सदस्य तथा सल्लाहकार र विशेष गरेर नेपालबाट उपस्थित भएका वरिष्ठ लोकगायक मिलन लामासाथै स्थानीय गायक एस.के. स्याङतानप्रति पनि आभार प्रकट गरेको छ ।

समाजले विभिन्न सांस्कृतिक तथा सांगितीक कार्यक्रम आयोजना गरेर २८५९ औं ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो । आफ्नो संस्कृति र परम्परालाई जीवित राख्न र विश्वसामु चिनाउन अमेरिकामा ल्होछार कार्यक्रम आयोजना गरेको आयोजक तामाङ समाजकी अध्यक्ष विनिता तामाङले बताइन् । साथै कार्यक्रममा उपस्थित भएका ल्होछारप्रेमी महानुभाव तथा शुभचिन्तकमा तामाङले धन्यवाद व्यक्त गरेकी छिन् ।











