नागोया। नेपाल तामाङ समाज जापान च्युबु ,मिए क्षेत्रीय समितिले ‘डम्फू सेलो तथा म्हेंदो माया साँझ’ २०२४ बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।
आगामी डिसेम्बर १४ तारिख शनिबार नागोयाको इमाईकेस्थित द रानी महल पार्टी प्यालेसमा “भाषा,धर्म ,कला र संस्कृतिको संरक्षण , डम्फु हाम्रो पहिचान” भन्ने मूल नाराको साथ भब्य सांस्कृतिक कार्यक्रम गर्ने लागेको अध्यक्ष हरिदोङ्ग तामाङले बताए।
उक्त कार्यक्रममा स्थानीय कलाकारहरु गायक जनक थोकर, सरोज लामा, गायिका एलिना योञ्जन, अङ्कुशा तामाङ, डान्सर सपना तामाङ र सोनाम रुम्बा लगायतको प्रस्तुति रहने छ।











