होमपेज » आर्थिक » हिमालयन लाइफ इन्स्योरेन्सको १७औं वार्षिक साधारणसभा सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्सको १७औं वार्षिक साधारणसभा सम्पन्न

आईतवार, ११ फाल्गुन २०८१, १५:४४

काठमाडौं, फागुन १२ गते । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान बसेको थियो । सभाले चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ ।

 

यससँगै अब शेयरधनीले लाभांश प्राप्त गर्ने भएका छन् । साथै बोनस शेयर वितरणपछि चुक्ता तथा जारी पूँजी बढ्ने भएकाले सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित भएको छ ।

 

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्गिएको छ ।

 

आव ०७९÷०८० मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले गत माघ २५ गते एक दिन बुक क्लोज गरेको थियो ।