काठमाडौं । रिलायन्स फाइनान्सको प्रस्तावित लाभांश पारित भएको छ । बैशाख २२ मा सम्पन्न सञ्चालक समितिको १० दशलमव ५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । संस्थाको ११औं वार्षिक साधारणसभा भर्च्युअल माध्यमबाट सम्पन्न भएको हो ।
यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि शुन्य दशमलब ५३ प्रतिशत नगद गरी कूल १० दशमलब ५३ प्रतिशत लाभांश पाउने भएका छन् ।हाल संस्थाको चुक्ता पुँजी ८३ करोड २४ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ नाघेको छ ।










