काठमाडौ । सगरमाथा इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासीक अवधिमा २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा यो ६३ दशलमव ९१ प्रतिशत नाफा बढि हो । गत वर्ष यसले १७ करोड ४१ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।सगरमाथाको रिजर्भ कोष तथा बिमा कोषमा पनि सुधार भएको छ । खुद बिमा शुल्क २८ दशलमव १५ प्रतिशलते बढेर ९५ करोड २९ लाख १ हजार रुपैयाँ पुगेको छ । तेस्रो त्रैमाससम्म यसको प्रतिसेयर आम्दानी वार्षिक ३८ रुपैयाँ २ पैसा देखिएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ६३ पैसा रहेको छ ।










