होमपेज » आर्थिक » अर्थ » अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा एक साता समय थप

अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा एक साता समय थप

बिहीबार, २३ बैशाख २०७८, २०:३८

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको हकप्रदको आवेदन दिने समय थप भएको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले हकप्रदमा आवेदन दिने समय थप गर्ने निणर्य गरेको हो ।

कम्पनीले बैशाख ६ गते देखि एक कित्ता बराबर ०.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । कम्म्पनीले एक सय रुपैयाँका दरले ५२ करोड ४१ लाख १९ हजार रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हकप्रदमा आवेदन दिने समय एक साता थप गर्दै जेठ २ गते सम्म पु¥याएको छ । यस अघि बैशाख २६ गतेसम्म कम्पनीको हकप्रदमा आवेदन दिनु पर्ने थियो ।