होमपेज » कम्पनी विश्लेषण » सिंगटी हाइड्रोको आइपिओमा ९ गुणाभन्दा बढी आवेदन

सिंगटी हाइड्रोको आइपिओमा ९ गुणाभन्दा बढी आवेदन

बुधबार, १८ चैत्र २०७७, २३:१४

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओमा ९ गुणाभन्दा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक मेगा क्यापिटलको अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदक परेको जानकारी दिए ।

उक्त आवेदनबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९।१६ गुणा भन्दा धेरै हो।

शुक्रबारदेखि कम्पनीले बिक्रीमा ल्याएको २९ लाख कित्ता आइपिओ मध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरूका लागि बाँडफाँड गरिएको छ। बाँकी रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाउने व्यवस्था थियो।