होमपेज » प्रवास » तामाङ समाज जापान क्षेत्रीय समिति च्युबु, मिएको अध्यक्षमा हरि दोङ तामाङ

तामाङ समाज जापान क्षेत्रीय समिति च्युबु, मिएको अध्यक्षमा हरि दोङ तामाङ

राम तामाङ
मंगलवार, ११ बैशाख २०८१, २३:१९

नागोया। नेपाल तामाङ समाज जापान क्षेत्रीय समिति च्युबु, मिएको अध्यक्षमा हरि दोङ तामाङ चयन भएका छन् ।

 

समाजको आईतबार सम्पन्न पाँचौ अधिवेशनले दोङलाई सर्वसम्मत चयन गरेको हो। दोङको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन्। समाजको वरिष्ठ उपाध्यक्षमा पेमा तामाङ ,महिला उपाध्यक्षमा सुबिना तामाङ (रुम्बा) चयन भएका छन् ।

 

 

सचिवमा प्रमिला ल्हो ,सह -सचिवमा सुमन स्याङ्तान तामाङ ,कोषाध्यक्षमा आइतराम तामाङ र सह -कोषाध्यक्षमा सन्जय(लामा) तामाङ चयन भएका छन् । यसैगरी समाजको सदस्यहरुमा क्रमश : मिलन दोङ लामा, बिकास थिङ, मान बहादुर तामाङ ,सुस्मिता ल्हो ,पबिका तामाङ ,सपना तामाङ र राजु लामालाई चयन गरेको छ। साथै समाजले समाजको संरक्षकमा सुर्य तामाङ र पुष्णा तामाङलाई साँस्कृतिक संयोजकको जिम्मेवारी दिएको छ।

 

 

उक्त कार्यक्रममा केन्द्रीय समितीका अध्यक्ष कार्साङ तामाङले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका थिए। केन्द्रीय उपाध्यक्ष गिर बहादुर तामाङ, केन्द्रीय महासचिव तेज बहादुर थिङ, केन्द्रीय समितीका सल्लाहकार प्रशान्त तामाङ ,सुर्य बहादुर तामाङ लगायत अन्य व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो।

 

 

नवनिर्वाचित अध्यक्ष दोङले तामाङ समुदायहरुको एकता र सामुदायिक सद्भावको परिपूर्ति गर्नको लागी समाजको आवश्यकता रहेको र आफु सधै संस्थाको हितमा रहेर काम गर्ने प्रतिबद्धता गरेका छन् ।