होमपेज » आर्थिक » अर्थ » दूरसञ्चार प्राधिकरणको अनुरोध, निषेधाज्ञामा ग्राहकले शुल्क भुक्तानी नगरे पनि इन्टरनेट र टेलिफोन नकाट्न आग्रह

दूरसञ्चार प्राधिकरणको अनुरोध, निषेधाज्ञामा ग्राहकले शुल्क भुक्तानी नगरे पनि इन्टरनेट र टेलिफोन नकाट्न आग्रह

बिहीबार, २३ बैशाख २०७८, २०:५२

काठमाडौं । दूरसञ्चार सेवाको नियामक निकाय दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई निषेधाज्ञा भरी ग्राहकको इन्टरनेट तथा टेलिफोन नकाट्न आग्रह गरेका छन् । प्राधिकरणले निषेधाज्ञामा ग्राहक घर भित्रै रहेको र सेवा प्रयोगबापतको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा रहेको भन्दै यस्तो निर्देशन दिएको हो ।

पछिल्लो समय निषेधाज्ञा पनि काठमाडौं उपत्यका सहित देशैभर इन्टरनेटको माग बढिरहेको छ अघिपछि भन्दा ३० प्रतिशत इन्टरनेट व्यान्डवीथ बढी खपत भइरहेको सेवाप्रदायकले बताउदै आएका छन् । यस्तो अवस्थामा पनि सेवाप्रदायकलाई नियामकले यस्तो आग्रह गरेको छ ।

प्राधिकरणले भनेको छ ‘सरकारले जारी गरेको निषेधाज्ञा अवधिभर इन्टरनेटको शुल्क नबुझाए पनि सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई आग्रह गर्दछ र निषेधाज्ञा अवधिभर इन्टरनेट निरन्तर सञ्चालन हुने व्यवस्था गर्न अनुरोध छ’ ।