होमपेज » आर्थिक » एनआईबिएल समृद्धि फण्ड–२ योजना बाँडफाँट

एनआईबिएल समृद्धि फण्ड–२ योजना बाँडफाँट

शुक्रबार, २४ बैशाख २०७८, १९:१९

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत निषकाशन भएको “एनआईबिएल समृद्धि फण्ड–२” योजना बाँडफाँट भएको छ । शुक्रबार एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको योजना बाँडफाँट भएको हो ।

१० रुपैयाँ अङ्कित दरको १२ करोड इकाईहरु बैशाख १३ गतेदेखि १६ गतेसम्म सार्वजानिक रुपमा विक्री आह्वान गरिएको थियो । उक्त इकाईमा माग भन्दा बढी १.२१ गुणा बढी आवेदन परेको थियो । सर्वसाधारण आवेदकहरुबाट (बीजपूँजीबाहेक) कुल ६७ हजार ७६ आवेदन मार्फत कुल १५ करोड ६३ लाख ३ हजार ९९० इकाईको लागि आवेदन प्राप्त भएको योजना व्यवस्थापक एनआईविएल एस क्यापिटलले जनाएको छ । त्यस मध्ये २ हजार ५६२ आवेदन रद्ध भएको र रित पूवक आवेदन प्राप्त भएको मध्येबाट पनि ३३ आवेदनबाट पनि दोहोरो आवेदन प्राप्त गरेको अयोग्य ठहरिएको छ ।