होमपेज » आर्थिक » पिपुल्स हाइड्रोपावरको आइपीओमा करिब एक लाख ३० हजारको आवेदन

पिपुल्स हाइड्रोपावरको आइपीओमा करिब एक लाख ३० हजारको आवेदन

शुक्रबार, २५ कार्तिक २०७९, २२:४३

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आज शुक्रबारदेखि निष्काशन गरेको शेयरमा ३०।३७ प्रतिशतको लागि मात्रै आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार दिउँसो १ः४१ बजेसम्ममा १ लाख २९ हजार ९४३ जना आवेदकबाट १५ करोड ६६ लाख ६९ हजार रुपैयाँ बराबरको १५ लाख ६६ हजार ६९० कित्ता शेयरको लागि आवेदन परेको छ ।

 

यो सर्वसाधारणलाई निष्काशन गरेको ५१ लाख ५७ हजार ८८० कित्ताको ३०।३७ प्रतिशत मात्रै हो । कम्पनीले आजदेखि ५६ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको ५६ लाख ६ हजार ३९० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।

 

त्यसमध्ये ३ प्रतिशत अर्थात १ लाख ६७ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३२० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी रहने ५१ लाख ५७ हजार ८८० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले निष्काशन गरेको शेयरमा छिटोमा कात्तिक २९ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे मंसिर ९ गतेसम्म म्याद थप हुनेछ ।

 

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

 

कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयरएनपी डबल ९आईएस० रेटिङ्ग प्रदान गरेको छ । यसले सयममा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा औषत जोखिम रहेको जनाउँछ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई र सर्वसाधारणलाई गरी ८० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।